Shopping Cart
Your Cart is Empty
Quantity:
Subtotal
Taxes
Shipping
Total
There was an error with PayPalClick here to try again
CelebrateThank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping Cart

BLOG

view:  full / summary

KHIMTEE WON MALE VOLLEYBALL TITLE

Posted by libhura on January 21, 2016 at 3:20 PM Comments comments (6)


अमृत सुनुवार, ३० पौष

 

रामेछाप जिल्ला स्तिरिय पुरुष भलिभल प्रतियोगिता आज सदरमुकाम मन्थलीमा

सम्पन्न भएको छ । भलिभल प्रतियोगिताको समापन समारोह लाई सम्बोधन गर्दै

पुर्ब प्रधानमन्त्री झलनाथ खनालले अब मुलुक पुन निर्माण र आर्थिक प्रगतीको

युग तर्फ प्रबेश गरेको बताए । रामेछाप जिल्ला खेलकुद बिकास समितिद्घारा

आयोजित प्रतियोगितामा प्याराडाईज युथ क्लब खिम्ती प्रथम, मन्थली युनाईटेड

क्लब मन्थली द्घतिय र शिवालय चुचुरे तृतिय भएका छन् । बिजयी टिमलाई क्रमश,

५१,५००÷– प्रथम, ३१,५००÷– द्घतिय र २१,५०० तृतिय नगद पुरुस्कार सहित शिल्ड,

मेडल प्रमाण पत्र बितरण गरिएको थियो । साथै सान्तोना पुरुस्कार स्वरुप नवद्घिप

युवा समाज सैपुलाई नगद रु १०,५००÷– सहित प्रमाण पत्र बितरण गरिएको थियो

। पौष २७ गते देखी पौष ३० गते सम्म संचालन भएको प्रतियोगितामा

जिल्लाका बिभिन्न स्थानबाट १५ टिमको सहभागिता रहेको थियो ।


DRINKING WATER PROJECT

Posted by libhura on January 5, 2016 at 5:45 AM Comments comments (3)

२० पौष, अमृत सुनुवार

रामेछापको भुजी गाबिसमा देविथान खानेपानी आयोजनाको निमार्ण कार्य

संचालन भईरहेको छ । गोर्खा वेल्फेयर स्किम अन्तरगत रहेको रुलर वाटर एण्ड

सेनिटेशन बाट संचालित उक्त खानेपानी आयोजनाको बाट वडा नं. ४, ६ र ७ का

८७ घरपरिवार पुर्णरुपमा लाभान्वित हुने छन्् । हाल सर्बे तथा डिजाइन चरणको

काम भइरहेको सोसियल सुपरभाईजर शारदा सुनुवारले बताउनु भयो । २०७१ साल

बाट सुरु भएको आयोजनाको निर्माण कार्य २०७३ सालमा सम्पन्न गर्ने रुलर वाटर

एण्ड सेनिटेशनको लक्ष्य रहेको छ । आयोजनाबाट कास्थेम माध्यमिक बिद्यालयलाई

पनी खानेपानीको सुबिधा सरसफाईमा सहयोग पुग्ने स्रोतले जनाएको छ ।


RAMBIRA SCHOLARSHIPS 2072

Posted by libhura on January 5, 2016 at 5:35 AM Comments comments (278)

अमृत सुनुवार, ७ पौष

रामेछाप भुजीको कास्थेम माध्यमिक बिद्यालय बाट यसपालीको एस.एल.सि. परिक्षामा

उत्तिर्ण, उत्कृष्ट दुई बिद्यार्थीलाई छात्रबृद्घी प्रदान गरिएको छ । उत्कृष्ट

बिद्यार्थीको नाम घोषणा गर्दै बिद्यालयका प्रअ हेमन्त सुनुवारले गर्नु भएको

थियो । ब्रिटिश गोर्खाका भुतपुर्ब क्याप्टेन जय प्रकास सुनुवार र उहाँकी पत्नी

रामबिरा सुनुवार द्घारा स्थापित कोषबाट उक्त छात्रबृद्घी प्रदान गरिएको हो ।

छात्रबृद्घी रु. ७,०००÷–(सात हजार का दरले छात्र तर्फ दाउद बसेल र छात्रा तर्फ

कञ्चन सुनुवारले पाएका छन् । बिद्यार्थी हरुको पढाईमा हौसला प्रदान होस

भन्ने उदेश्यका साथ २०७१ सालमा, छात्रबृद्घीका लागी दाता द्घयले संयुक्त रुपमा एक

लाख एघार हजार एक सय एघार रुपैयाँ को कोष सोही बिद्यालयमा स्थापना

गरिदिएका थिए ।

I AM A FOOTBALL CRAZY MAN

Posted by libhura on December 30, 2015 at 10:00 AM Comments comments (2)

 


नया पिडिको लागि एउटा उत्साहा अनि प्रोत्साहान मिलोस जसको सदुपयोग गर्दै भविष्यमा केहि सुमार्गको बाटो खुलोस भन्ने हेतुले लिखुभुजी युवा क्लबले जय प्रकाश सुनुवार Local Rising Future Star को स्थापना गरेको 2013 मा | भुजी निवासी भू पु कप्तान जय प्रकाश सुनुवार हाल UK बसोबास हुनुहुन्छ | विदेशमा रहेर पनि आफु जन्मेको गाउलाई सधै सरसहयोग गर्दै एक अग्ग्राज को सहि उधरहण बन्नु भएको छ |

हरेक साल रुपैयाँ ५००० सौजन्य स्वरुप प्रदान गरिने यो पुरस्कार हात पर्नु सफल हुने सुरेश सुनुवार आज हामि संग भन्नु हुन्छ "फूटबल क्रेजी म्यान हुँ" |

मिति १६/०७/२०५३ भुजी -४, रामेछापमा जन्मेर हाल ११ मा पढिरहनु भएको युवा खेलाडीलाई First J P Sunuwar Local Rising Star पाउँदाको समय कस्तो लग्यो भन्दा ?

सुरेश - धेरै धेरै खुसी लागेको छ, next years miss गरेकोमा दुखि पनि छु |युवाहरुलाई नियमित training गर्नु अनि दाई हरुले भनेको मान्नु पर्यो |

English Team Arsenal रुचाउने सुनुवार दाई बाट खेलमा प्रभावित बनेको बताउनु भयो | Joining Forces is the main aim for Suresh who currently plays for:

Likhu Bhujee Ramechhap Youth Club as a Goal Keeper.


Bhukampa Update From Namadi

Posted by libhura on June 2, 2015 at 2:05 AM Comments comments (1)

अमृत सुनुवार, १६ मे २०१५

 

यो बर्षको महाभुकम्पले पानी स्रोत हरुमा पनी असर पु¥याएको छ । साबीको

मुहान हरु परिबर्तन हुदा स्थानिय मारमा परेका छन । रामेछाप जिल्ला नामाडी

गाबिस आरुबोटेमा पनी यस्तै समस्या देखिएको छ । झण्डै साँढे तिन किलोमिटर

टाढा जुकेपानी मुहान हुदै ल्याइएको खानेपानी मुहान परिबर्तन भएपछी यस्तो

समस्या भएको स्थानिय कमल सुनुवार बताउँछन । २० घर धुरी का लागी कादुरीले

१२ बर्ष अघी उक्त खानेपानी परियोजना निमार्ण गरिदिएको थियो ।

Bhukampa Update From Bhujee

Posted by libhura on June 2, 2015 at 2:00 AM Comments comments (6)

मंगलबारको शक्तीशाली भुकम्पले रामेछापमा ११ जनाको मृत्यु ६२ जना घाइते

 

 

 

अमृत सुनुवार, १४ मे २०१५

 

मंगलबार आएको शक्तीशाली भुकम्पले रामेछापमा ११ जनाको मृत्यु हुनुका साथै

६२ जना घाइते भएका छन । मृत्यु हुनेमा ठोसे गाबिसका दानोर्बु शेर्पा, उत्तर

बहादुर कार्की, पेमा शेर्पा, चुचुरेका जोगमाया श्रेष्ठ, बलकाजी श्रेष्ठ,

गुम्देलका हित बहादुर दर्जी बेतालीका सरिता घिमिरे, गौश्वराका मंंगले

तामाङ, बाम्तीका दानिमा शेर्पा, नागदहका इन्द्र बहादुर थापा, पुरानागाँउका

असोक थापा मगर परेका छन । बिभिन्न गाँउ बाट २२ जना घाइतेलाई हेलीकप्टर

मार्फत उद्घार गरिएको थियो । घाइतेहरु मध्ये १५ जना उपचारका लागी काठमाडौं

ल्याइएको छ भने बाँकी को रामेछापकै बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भुकम्पका कारण ९५% भन्दा बढी घरहरु पुर्णरुपमा क्षती भएका छन । घर भत्किएपछी

नामाडी आरुबोटेका डम्बर बहादुर सुनुवार ............। पिडितहरुको तत्काल

बसोबासका लागी त्रिपालको अत्याधिक माग रहेता पनी माग पुर्ती हुन सकेको छैन

। बैशाख १२ गते को महाभुकम्पबाट रामेछापको २५ जनाको मृत्यु हुनुका साथै

९०% घर पुर्ण रुपमा क्षती भएको थियो ।

Update from Bhujee

Posted by libhura on April 27, 2015 at 11:35 PM Comments comments (10)




मिति २०७२ साल बैशाख १२ गते आएको महाभुकम्पको कारण रामेछाप जिल्लाको भुजी गा.वि.स.का ९५ प्रतिशत घरहरु पूर्णरुपमा भत्कि सकेका छन् भने उक्त भुकम्पबाट हाल सम्म भुजी गा.वि.स.वडा नं.४ का मनमाया सुनुवार, वडा नं.९ का देउराम सुनुवार गरी दुई जनाको मृत्यु भएको छ ।

भुकम्पको कारण उक्त गा.वि.स.मा पिउने पानीको लाईन पूर्ण रुपमा अवरद्ध भएको, भुजीको महत्वपूर्ण धार्मिक स्थाल चण्डीथान पूर्ण रुपमा भत्किएको, रामजी थानको अधिकांश भाग भत्किएर झरेको र माईक्रो हाईड्रोमा समेत ठूलो क्षति पुगेको कारण स्थानीय वासिन्दाहरु अन्धकारमा रात गुजारी रहेका छन् । बत्ति नभएको कारणले गर्दा मोवाईल तथा टेलिफोन लाईनहरु पूर्णरुपमा अवरुद्ध भएकोले मानवीय तथा भौतिक क्षेती सम्बन्धमा स्थानीय प्रशासन तथा संचार माध्यमहरु सम्म विस्तृत जानकारी पुराउन नसकिएको र हाल सम्म कुनै पनि निकायबाट राहात तथा उद्धारको कार्यहरु हुन सकिरहेको छैन । घरहरु पूर्णरुपमा भत्किनुका साथै भारी वर्षाका कारण घरमा रहेको अन्न, लत्ता कपडा समेत निकाल्न नपाएको र स्थानीय स्तरमा जम्मा ३ वटा मात्र पसलहरु रहेकोले खाद्यान्न अभाव देखिन थालेको छ । सामुहिक वसोवासका कारण विभिन्न किसिमका महामारी तथा संक्रमणहरु बढ्न सक्ने सम्भावना रहेको भएता पनि स्थाीनय वासिन्दाहरुले उचित स्वास्थ्य सेवा समेत प्राप्त गर्न सकिरहेका छैनन् ।

आज भुकम्प गएको तेश्रो दिन विति सकेको भएता पनि स्थानीय वासिहरु भुकम्पको त्रासका कारण फुटबल चौर, कोलडाँडा हाट लगाएतका खुला र सुरक्षीत स्थानहरुमा सामूहिक रुपमा वसोवास गर्दै आईरहेका छन् । पटक पटक फोन सम्पर्क गर्दा पनि स्थानीय ब्यक्तिहरुसँग सम्पर्क हुन नसकेकोले थप विवरणहरु प्राप्त गर्न सकिएको छैन ।

(श्रोतः भुजी गा.वि.स. वडा नं. ५ का स्थानीय वासिन्दा हरीकाजी श्रेष्ठ;)

Kindly Request for all Members, Players, Fans and Sponsors

Posted by libhura on April 27, 2015 at 11:30 PM Comments comments (2)

मिति २०७२ साल बैशाख १२ गते आएको भुकम्पबाट ज्यान गुमाउनु हुनेहरुको मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तब्ध परीवारमा हार्दिक समवेदना प्रकट गर्दछौं साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । यो दुःखद घडीमा यस युवा क्लब परीवार तपाईहरुकै साथ रहेर सहयोग गर्न तत्पर रहेको ब्यहोरा समेत जानकारी गराउदछौं । विगतका विपत्तिहरुमा जस्तै यो महाविपत्तिमा पनि यस युवाक्लबले भुकम्प पिडीतकोहरुको सहयोगार्थ राहात संकलनको तयारी गरि रहेको हुँदा देश विदेशमा रहनु भएका यस युवा क्लबका सम्पूर्ण सदस्यहरु, शुभचिन्तकहरु, खेलाडी मित्रहरु र सौजन्यकर्ताहरुमा आफूले सके जति आर्थिक, भौतिक एवं शारिरीक सहयोग उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

लिखु भूजी रामेछाप युवा क्लब परीवार

भुजी, रामेछाप ।

 

सम्पर्कका लागिः ९८४१५७०४११ (मनोज;), ९८६००४४४२१ (सुदीप;), ९८०१०८७८३३ (सुवोध;), ९८४१५६७५९२ (कृष्ण;)

 

Durga got fund for study

Posted by libhura on March 24, 2015 at 12:20 AM Comments comments (0)

अमृत सुनुवार,२४ मार्च २०१५

 

फाइन आर्ट पढ्दै गरेकी छात्रा दुर्गा सुनुवार लाई किरात सुनुवार सेवा समाज

बेलाएत ले ९० हजार ६ सय ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ । ललितकला

क्याम्पस भोटाहिटी काठ्माडौं मा अध्ययनरत छात्रा लाई ललितपुर ताल्चिखेल स्थित

भुपु. ब्रिटिश आर्मी तथा समाजसेवी रामकुमार सुनुवार ले उक्त रकम हस्तान्तरण

गर्नु भएको हो । आर्थिक समस्याका कारण अध्ययन लाई निरन्तरता दिन गाह्रो

भइरहेको छात्र दुर्गा सुनुवार लाई यसरी बेलाएत बासी ले सहयोग गरेका हुन ।

धनुषा बेङ्गाडावर ६ स्थाइ घर भएकी छात्रा हाल बेशीगाँउ काठ्माडौं बस्दै आएकी

छिन ।

Regarding Drinking Watter Project of Bhujee

Posted by libhura on March 22, 2015 at 12:20 AM Comments comments (0)

अमृत सुनुवार, २२ मार्च २०१५

 

रामेछापको भुजीमा गोर्खा वेल्फेयर स्किम बाट खानेपानी परियोजनाका काम

भइरहेको छ । देबिथानको मुहान हुदै वडा नं. ४,६,र ७ का ९९ घर धुरीको

लागी परियोजना संचालन गर्न लागिएकोे गोर्खा वेल्फेयर स्किम ग्रामिण

खानेपनी तथा सरसफाई कार्यक्रमका सामाजिक परिचालिका शारदा सुनुवारले

बताउनु भयो । सन १९९३÷९४ मा जि डब्लु एस बाट नै निमार्ण भएको खानेपनी

परियोजना जिर्ण भएपछी पुन खानेपानीको लागी स्वर्गिय भुपु ब्रिटिस आर्मी

अमृत बहादुर सुनुवार ले गोर्खा वेल्फेयर स्किममा निबेदन पेश गर्नु भएको

थियो । परियोजना परेपछी हाल भुपु ज्ञानेन्द्र कुमार सुनुवार को स्पोन्सर

काम भईरहेको छ , भने सहजताको लागी हेमन्त कुमार सुनुवारको अध्यक्षता ११

सदस्यिय देबिथान खानेपानी तथा सरसफाई स्वास्थ समिति पनी गठन गरिएको छ ।

Chandeshowri Running Cup got help from Cap. Mr. Jay Prakash SUnuwar

Posted by libhura on March 12, 2015 at 11:40 PM Comments comments (0)

अमृत सुनुवार, १ मार्च २०१५

 

चण्डेश्वरी रनिङकप महिला भलिबल को लागी ब्रिटिशआर्मीका भुपु क्याप्टेन जय

प्रकाश सुनुवार ले रु. ६०,०००÷– सहयोग गर्नु भएको छ । तेस्रो पटक हुन

लागेको रनिङशिल्डको लागी अफगानिस्थान बाट उहाँले उक्त सहयोग रकम पठाउनु

भएको आयोजक संस्थाका संस्थापक अध्यक्ष तथा खेल संयोजक जगत बहादुर सुनुवार

ले बताउनु भयो । स्थानिय महिला हरुको खेलक्षेत्रमा बिकास होस भन्ने उदेश्यका

साथ चण्डेश्वरी युवा क्लब रामेछाप काठ्माडौं सम्पर्क समितिले २०६९ साल देखी

खुल्ला महिला भलिबल प्रतियोगिता गराउदै आएको छ । आगामी बैशाख १५ गते

देखी १८ गते सम्म रामेछापको रस्नालुमा तेस्रो संस्करण को खेल संचालन हुने

भएको छ । पहिलो बर्ष रामेछाप को सदरमुकाम मन्थली, दोस्रो बर्ष प्रिती

गाबिस मा सम्पन्न भएको थियो भने तेस्रो बर्षको खेल रस्नालुमा हुने भएको

हो । रामेछाप जिल्लाका बिभिन्न गाबिस र आसपासका जिल्लाबाट सहभागी हुने उक्त

प्रतियोगिताबाट पहिलो र दोस्रो दुबै बर्ष को उपाधि न्यु डाईमण्ड

एकेडेमी काठमाडौं हात पारेको थियो । प्रतियोगितामा प्रथम, द्घितिय, र

तृतिय हुने समुह लाई क्रमस नगद रु.५१,५००÷–,२५,५००÷–, १५,५००÷– साथै

रनिङकप, कप, मेडल, प्रमाणपत्र, बितरण गरिने आयोजकले जनाएको छ । त्यसै

गरी सान्तोना पुरुस्कार स्वरुप चौथो हुने समुहलाई नगद रु ८,५००÷– सहित कप,

प्रमाण पत्र सहित बिभिन्न आकर्षक पुरुस्कारहरु पनी रहेको आयोजक संस्थाका

संस्थापक अध्यक्ष तथा खेल संयोजक जगत बहादुर सुनुवारले बताउनु भएको छ ।

Kathmandu dekhi Bhujee Sidha Sumo Sanchalan

Posted by libhura on March 12, 2015 at 11:30 PM Comments comments (5)

अमृत सुनुवार, मार्च–३, २०१५

रामेछापको भुजीमा हिमगंगा सुमो यातायात संचालनमा आएको छ । यातायात

संचालनमा आएपछी सदरमुकाम मन्थली राजधानी काठ्माडौ लगाएत बिभिन्न ठाऊँमा

आवत जावत गर्न सजिलो भएको छ । बिगतमा गाडी चड्न घण्टौं लगाएर ढाँडे,

धोवी, शिरिषे, जिरी, खिम्ती जस्ता अन्यत्र ठाँऊ जानु पर्ने समस्या बाट मुक्त

हुदा भुजी बासी निकै खुसीे छन् । सामान ओसार पसार गर्न र आपतकालिन

अबस्थाको लागी पनी निकै सुबिधा भएको स्थानिय बासी भोजराज सुनुवारले

बताउनु भयो । बिहान काठ्माडौं बाट ५ः०० बजे र भुजी बाट ५ः३० बजे छुट्ने

सुमोमा काठमाडौं भुजीको भाडादर रु.१२००÷– कायम गरिएको संचालक समितिले

जनाएको छ ।

Ramechhap Jillako Jilla Parisad Sampanna

Posted by libhura on March 12, 2015 at 11:30 PM Comments comments (1)

अमृत सुनुवार, २ मार्च २०१५

 

रामेछाप जिल्लाको २० औ जिल्ला परिषद सम्पन्न भएको छ । परिषदमा स्थानिय

बिकाश अधिकारी टेकराज निरौलाले चालु आर्थिक बर्ष २०७०÷७१ मा गरिएको

कार्यक्रमको समिक्षा गर्दै आगामी आर्थिक बर्ष २०७२÷०७३ को लागी ९५ करोड

४० लाख ७१ हजार रुपैयाँ को प्रस्ताबित बजेट प्रस्तुत गर्नु भएको थियो ।

बिषयगत कार्यलय र साझेदार निकाय समेतको बजेट जोड्दा उक्त रकम २ अर्व ९०

करोड ३४ लाख ४ हजार रुपैयाँ पुग्ने पनी उहाले बताउनु भयो । जिल्ला विकास

समितिले पुर्बधार तर्फ ७ वटा क्षेत्रलाई प्रथमिकतामा राखेको छ । जसमा सडक,

सिंचाई, खानेपानी, झोलुङ्गे पुल, शहरी विकास, फोहोरमैला ब्यबस्थापन, र

साना जलबिद्युत रहेका छन् । जिल्ला बिकास समितिको सभाहल मा सम्पन्न परिषदमा

अर्थमन्त्री डा रामशरण महतको प्रमुख आतिथ्यता र स्थानिय बिकाश अधिकारी टेकराज

निरौलाको अध्यक्षयता रहेको थियोे । कार्यक्रममा शिक्षा , स्वास्थ्य ,

खानेपानी, बिद्युत, ,बैकल्पीक उर्जा, सुचना तथा संञ्चार, यातायता , झोलुङ्गे

पुल , नागरीक वडापत्र , बिकाश निमार्ण , महिला तथा बालबालीका , अपाङ्गता ,

समाजीक सुरक्ष भत्ता , लगाएतका क्षेत्रको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो

। कार्यक्रममा पोहोर तुलनामा चालु आर्थिक बर्षमा आयकर राजस्व ६४ प्रतिशत

मा बृद्धि भएको बताउनु भएको थियो । कार्यक्रममा जिल्लाका सभाषद, पुर्ब

सभासद, प्रमुख जिल्ला अधिकारी, पुर्व मन्त्री , बिभिन्न राजैतिक दलका पाटि

प्रतिनिधि , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्र्रतिनिधि , शिक्षक ,

बुद्धिजीबि ,नगरीक अगुवा , सुरक्षा निकायका प्रमुख, प्रत्रकार लगाएको सहभागीता

रहेको थियो । साथै कार्यक्रममा कास्यपदक बिजेता खेलाडी भगवति माझी ,

लगाएत जिबिसबाट बिभिन्न क्षेत्रमा रहेर महत्वपुर्ण योगदान पु¥यानु हुने

ब्यत्तित्व तथा एसएलसीमा जिल्ला बाट प्रथम स्थान हासिल गर्ने समुदायिक तथा

संस्थागत बिद्यालयका छात्र तथा छात्रा लगायतलाई प्रमुख अथिती अर्थमन्त्री डा रामशरण

महतबाट नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

Regarding Sumo Fare for Manthali

Posted by libhura on February 1, 2015 at 12:05 AM Comments comments (4)

अमृत सुनुवार, १४ माघ २०७१

 

काठमाडौं बाट राममेछाप सदमुकाम मन्थलीको सुमो भाडा घटेको छ । बनेपा

बर्दिबास सडक खण्ड निमार्ण कार्य सम्पन्न भएपछी अरनिको जिप सेवा समिति र

त्रिबेणी यातायातले आफ्नो भाडादर घटाएको हो । बिगतमा लामोसाँघु

चरिकोट हुदै संचालन हुने यातायात हरु गत साउन ६ गते खुर्कोटको पुल

उत्घाटन पश्चात धुलिखेल खुर्कोट को बाटो हुदै संचालन भइरहेका छन ।

सुमोमा लिदै आएको छ सय भाडादर हाल पाँच सयमा कायम गरिएको छ । अरनिको

जिप सेवा समिति काउन्टर का कर्मचारी कर्ण बहादुर शाक्य...................।

 

हाल यहाँ अरनिको, त्रिबेणी, सिटी भिलेज, कमलामाई, हिमाल तराई, हिमगंगा

लगाएतका यातायात हरु संचालनमा छन् । निमार्ण कार्य सम्पन्न पश्चात बनेपा

बर्दिबास सडक यही माघ ४ गते अनौपचारिक उद्घाटन गरिएको थियो ।

Regarding Manthali Airport

Posted by libhura on January 31, 2015 at 11:40 PM Comments comments (4)

अमृत सुनुवार, १५माघ २०७१

 

रामेछाप एयरर्पोटमा हाल कालोपत्रेको काम भईरहेको छ । १५ महिनामा

सम्पन्न गर्ने गरी २०७० पौष ११ गते बाट कालोपत्रेको लागी काम थालनी

गरिएको थियो । भ्याट बाहेक ३,०३,५१,९०५÷– रुपैंयाको लागत मा कालिका

थोदुङ जोईन्ट भेन्चर ले कालोपत्रेको काम गरिरहेको छ । हाल सबवेशको काम

सकेर केही समयको लगी उडानको अनुमती दिइएको छ । एयरर्पोटका कार्यलय

प्रमुख केदार प्रसाद सत्याल ................................।

 

रामेछाप बाट साप्ताहिक रुपमा शुक्रबार तारा एयरलाइन्स ले काठ्माडौंको उडान

गरिरहेको छ, भने काष्टमाण्डप, गोमा, तारा, मकालु एयरलाइन्स ले लुक्लामा

कार्गोको उडान गरिरहेको छ । प्राबिधिक रुपमा निकै राम्रो मानिने यो

एयरर्पाेट २०३६ साल बाट सुरु भएको थियो । तत्कालिन माननिय नबराज सुबेदी

को नेतृत्वमा निमार्ण गरिएको एयरर्पोटका लागी मन्थली, चिसापनी, भलुवाजोर

र भटौलीबाट प्रत्येक घरका एक जना ले १५ दिन श्रमदान दिएका थिए । एयरर्पोट

संचालन भएको ३४ बर्ष पछी कालोपत्रे भइरहेको छ । २५१ रोपनी क्षेत्रफल मा

फैलिएको उक्त एयरर्पाेट, काठ्माडौं बाट ४१ एन.एम मात्र टाढा रहेको छ ।

काठ्माडौं लगाएत पुर्बी क्षेत्रका कुनै एयरर्पोटमा समस्या आए तत्कालको लागी

बैकल्पिक एयरर्पोटको रुपमा पनी यस एयरर्पोटलाई प्रयोग गरिदै आएको छ ।

 

Regarding Concrete Bridge

Posted by libhura on January 27, 2015 at 10:45 PM Comments comments (3)

अमृत सुनुवार, १३ माघ २०७१,

 

नेपालमै पहिलो, ६० मिटर स्पान लामो कङक्रीट पुल रामेछापको सदरमुकाम

मन्थली आकासेमा निमार्ण हुदै छ । मन्थली चिसापानी जोड्ने उक्त पुलको

निर्माण कार्य २०६८ साल मंसिर बाट सुरु भएको थियो । निमार्ण कार्य अन्तिम

चरणमा पुगेको बताउनु हुन्छ निर्मानाधिन पुलका प्रोजेक्ट म्यानेजर शंकर

राउत...................।

 

नेपाल सरकार कोे लगानीमा निर्माण भइरहेको उक्त पुलको काम गर्ने जिम्मा

अनक लोकविर जेभी ले पाएको हो । निर्मानाधिन पुलको जग पायल सिस्टम

बनाईएको छ । २०० मिटर लामो पुलको लागी रु.१२,००,००,०००÷– मा सम्झौंता

भएको थियो । तर हाल पुलको लम्बाई १८५ मिटर मात्र हुने भएको छ । पुल

निर्माण पश्चात रामेछाप क्षेत्र नं. २ को अधिकाशं गाविस बाट सदरमुकाम आउन

सहज हुनेछ । पुल अभाब कै कारण घण्टौंको बाटो घुम्नु पर्ने समस्या थियो ।

 

Sunuwar community jointly celebrates new year

Posted by libhura on January 16, 2015 at 12:35 AM Comments comments (0)

माघ १ विहिबार, काठमाडौ

 

अमृत सुनुवार

 

सुनुवार सेवा समाज काटेश्वरमा हिजो सुुनुवार जातीले सामुहिक रुपमा नयाँ

बर्ष मनाएका छन । माघ एक गते लाई आफ्नो नयाँ मान्ने किराती हरुको

हिजो बाट यले संम्बत ५०७५ सुरु भएको छ । सुनुवार सेवा समाज माठ्माडौं

जिल्ला समिति र कोइच लो सिकौं समुह ले सयुक्त रुपमा आयोजना कार्यक्रममा

सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष मन प्रसाद सुनुवार, आदिबासी

जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार, बिएफ बिएस रेडियोका

स्टेशन म्यानेजर बिनोद खड्का लगाएतले शुभकाना मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न संघ संस्था तथा ब्यक्ती हरुको सहभागिता रहेको थियो ।

बिगतमा घरघरमा मात्र मनाउदै आएपनी यो बर्ष देखी राष्ट्रिय स्तरमा पहिचान

गराउनका लागी सामुहिक रुपमा मनाएको कार्यक्रका अध्यक्ष गोपाल सुनुवार ले

जानकारी गराउनु भयो । कार्यक्रमा बिभिन्न कन्दमुलका जरा बनतरुल, घरतरुल स्कुसका

जरा, फलौरा लगाएत खानेकुरा पनी बाँडिएको थियो । हिजो दिनभर एक

आपसमा शुभकामना आदान प्रदान गर्दै नाच्दै युबा युबती हरु रमाइलो गरी नयाँ

बर्ष मनाएका थिए /

Manthali Besima

Posted by libhura on July 20, 2014 at 2:45 PM Comments comments (8)

मन्थली विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध ।।

रामेछाप, साउन १

रामेछापको मन्थलीमा रहेको आकाशे विमानस्थल रहेको नेपाल आयल निगमको डिपोमा

तेल नहुँदा काठमाडौं र सोलुखुम्बुको लुक्लासम्मको उडान एक महिनायता बन्द

भएको छ । मन्थली एअरपोर्टको डिपोमा तेल सकिएपछि तेल लिन काठमाडौं हिँडेका

कार्यालय प्रमुख अनिलनाथ उप्रेती महिना दिन बितिसके पनि जिल्ला फर्कनु

भएको छैन । उप्रेती जिल्ला नफर्कंदा कर्मचारीहरुसमेत अन्यौलमा परेका छन्

। विमान नचल्दा स्थानीय बासिन्दा आक्रोसित भएका छन् । मन्थलीबाट सोलुको

लुक्ला विमानस्थलका लागि तारा, गोमा र काष्टमण्डपका गरी तीन हवाइ

कम्पनीले सेवा दिँदै आएका छन् । इन्धन हुँदा दैनिक पाँच पटकसम्म

मन्थलीबाट सामान बोक्ने जहाज तेल सकिएपछि सञ्चालनमा आउन सकेका छैनन ।हाल

मन्थली एअरपोर्टबाट सोलुको लुक्लाका लागि तीन कम्पनीका जाहाजले चामल,

नून, मासु, सिमेन्टलगायतका सामान ढुवानी गर्दे आएकोमा जहाज बन्द भएपछि

सोलुको लुक्ला र आसपासको गाउँमासमेत सामनको हाहाकार भएको छ । नेपाल आयल

निगमले मन्थली एअरपोर्टमा जहाजको चापलाई मध्यनजर राखि डिपोमा काठमाडौं

पूर्व चल्ने सवै जहाज र हेलिकप्टरसमेतका लागि गत असारबाट विधिवत रुपमा

इन्धनको डिपो सञ्चलनमा ल्याएको थियो ।


RAMECHHAP MA VISHAN BAADILE MRITTU

Posted by libhura on August 13, 2013 at 5:10 PM Comments comments (1)

भिषण वर्षापछि रामेछापमा एकै परिवारका तीनसहित सातको मृत्यु, एक जना अझै बेपत्ता

Ramechhap flood landslideरामेछाप, २९ साउन । (अपडेट) भिषण वर्षापछि आएको बाढी पहिरोले रामेछापको खिम्तीबेसी बस्ती बगाउँदा मृत्यु हुनेको संख्या सात पुगेको छ भने एक जना बेपत्ता रहेका छन् । सोमबार राति ९ बजेदेखि भएको मुसलधारे वर्षापछि आएको बाढीपहिरोमा परी एकै परिवारका तीनसहित सातको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक, विमलराज कँडेलका अनुसार मृत्यु हुनेमा खिम्ती– २ का ५५ वर्षीय भीमबहादर तामाङ, उनकी ४५ वर्षीया श्रीमती बाटुलीमायाँ तामाङ, उनकै ७५ वर्षीया आमा बुधुमाया तामाङ, खिम्ती– ३ की १३ वर्षीय सीता सुनवार, खिम्ती– ४ की २२ वर्षीया स्वस्थानी थापा, ५५ वर्षीया मिठु थापा र १३ वर्षीय केदार थापा रहेका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Click Here For Videohttp://www.canadanepalvid.com/2013/08/news-7-killed-in-ramechhap-flood.html


भीमबहादुरका छोरा १२ वर्षीय ढल्के तामाङ भने अझै बेपत्ता रहेका छन् । सातको परिवारमध्ये तीनको मृत्यु, एक जना बेपत्ता र तीन जना गम्भीर घाइते भएका हुन् । रस्नालु स्थायी घर भएका उनीहरु खिम्तीमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ, हेमबहादुर तामाङलगायतको देवीटारस्थित अस्पताल र फुलासिस्थित कृतिका डग हाउस अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा समेत पहिरोले क्षति पुर्याएका कारण उनीहरुको बाहिर सडकमा राखेर उपचार भइरहेको स्थानीयले बताएका छन् ।

स्थानीय खानी खोलामा आएको बाढीका कारण घटनाको जानकारी लगत्तै सदरमुकाम मन्थलीबाट हिँडेको नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय प्रशासनको उद्धार टोली बिहान ७ बजेपछि मात्रै घटनास्थल पुगेको थियो ।

खिम्तीखोलामा आएको पहिरो पुलमा गएर रोकिएपछि बाढी खिम्तीबेसी बजार मोडिएको थियो । पुल बगाएका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बाढीले खिम्ती २, ३ र ४ का ६ वटा पक्कीसहित ६ वटा घर बगाएको छ भने डेढ दर्जनभन्दा बढी परिवारमा क्षति पुगेको छ ।

खिम्तीको पक्की पुलसमेत बगाएपछि आवतजावत बिच्छेद भएको छ भने मन्थली–काठमाडौं सडक पनि अवरुद्ध भएको छ । बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनाका लागि आजै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने भएको छ ।

PHERI 11 MAHINEY PAATROKO CHARCHA

Posted by libhura on July 5, 2013 at 2:10 AM Comments comments (0)

वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ?

 

नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलले सरकारलाई ०६६ को चैत हटाई ११ महिनाको वर्ष लागू गर्न सुझाव दियो। तर यो ज्योतिषको सैद्धान्तिक गणितीय, धार्मिक, सांस्कृतिक र सामाजिक परम्पराविरुद्ध भएको आरोप लगाउँदै पञ्चाङ्ग निर्णायक समितिसँग नजिक रहेका स‌ंस्थाहरु आन्दोलनमा उत्रिएर राष्ट्रपतिलाई समेत गुहारे। माओवादी सरकारले परम्परा नष्ट पार्न खोजेको आरोप लगाइए। अन्ततः २०६६ साल १२ महिना कै भयो।

 

तर अहिले फेरि ११ महिने पात्रोको चर्चा चलेको छ। २०७१ सालको पात्रो ११ महिनाको गर्ने तयारी भइरहेको र यसका लागि सरकारले पञ्चाङ्ग निर्णायक समितिलाई पुनर्गठन गरेको आरोप छ।

 

सरकारको यो कदमको विरोध गर्न फेरि पनि संगठनहरु जुर्मुराएका छन्। यसका लागि नेपाल ज्योतिष परिसदले एक संघर्ष समिति गठन गर्ने विज्ञप्ति परिषद अध्यक्ष डा. लोकराज पौडेलले जारी गरिसकेका छन्।

 

खासमा ११ महिने पात्रो बनाउने र नबनाउनेमा दुई धार यहाँ छ। यसबारे कान्तिपुरमा २०६८ सालमा फरक धारका प्रतिनिधिहरुको अन्तर्वार्ता छापेको थियो। सान्दर्भिक भएकोले त्यही यहाँ साभार गरिएको छ-

 

११ महिने पात्रोको पक्षमा

 

जयन्त आचार्य, उपप्राध्यापक, बाल्मिकी क्याम्पस

 

के हो पर्व सुधार ?

 

हाम्रा चाडपर्वहरू पहिले आकाशीय ग्रहसँग ठयाक्क मिल्थे, करिब १ हजार वर्षदेखि मिल्न छाडेकाले यसमा सुधार आवश्यक परेको हो । हरेक ७२ वर्षपछि १ दिन घट्छ । यस हिसाबले अहिले हामी २४ दिन पछाडि छौं । चैत ७ गते नै नयाँ वर्ष हुनुपर्ने ढिलो भइसक्यो ।

 

सुधार नहुँदा कस्ता असर परेका छन् ?

 

धेरै असर परेको छ । जस्तैः साउन १ गतेबाट पृथ्वी दक्षिणतिर जान्छ । त्यही दिन हामी लुतो फाल्ने संक्रान्ति मनाउँछौं । तर अहिले तिथिका आधारमा यो अगाडि सरेर असार सातमा पुगेको छ । त्यस्तै माघ १ गतेदेखि पृथ्वी उत्तरतिर लाग्छ, तर माघे संक्रान्ति पुस ७ गते नै सरिसकेको हुन्छ । त्यस्तै वैशाख १ गते दिन र रात बराबर हुने दिन चैत ७ गते पुगेको छ ।

 

यसले के बिगारेको छ र ?

 

अहिले केही पनि हुन्न, तर कालान्तरमा बिगि्रने क्रम बढ्दै जानेछ । जाडो साउन, भदौमा हुनेछ भने पुस, माघमा वर्षा हुनेछ । त्यस्तै, शास्त्रीय मान्यता खलबलिनेछ । उत्तरायणमा गरिने कर्म दक्षिणायनमा सर्नेछन् । यो एक-अर्काको विपरीत हुनेछ । यो बुझ्न हाम्रो मुलुककै प्रहरीको पोसाक नीति गतिलो उदाहरण हो । अहिले प्रहरी लगायतका सुरक्षाकर्मीले कात्तिक १ बाट जाडोको लुगा लाउँछन्, फागुन मसान्तसम्म । केही वर्षअघि कात्तिक १५ देखि मात्रै लाउँथे । त्यस्तै, निजामती सेवामा हिउँद र गर्मीको कार्यालय समयको नीति पनि यसरी नै सारिसकिएको छ । यो पनि एउटा असर हो ।

 

यो हाम्रोमात्र किन टाउको दुखाइ, संसारमा अरूको पनि बिगि्रएको होला नि ?

 

अवश्य तर पश्चिमा मुलुकहरूमा पहिले नै मिलाइसकेको छ । युरोपमा १५ औं शताब्दीको मध्यतिर इस्वी संवत् सुधार गरिएको थियो । बेलायत, जर्मनी, रसिया आदि मुलुकले त्यसबेला नै मिलाइसके र अंग्रेजी क्यालेन्डरमा प्रत्येक वर्ष २० मिनेटका दरले मिलाउने पद्धति अपनाएको देखिन्छ ।

 

नेपालमा किन विरोध भयो ?

 

नबुझेर, धेरैले खगोलशास्त्र बुझेकै छैनन् ।

 

पञ्चाङ्ग निर्णायक समितिले पनि विरोध गर्‍यो नि ?

 

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष नै ज्योतिष नपढेका मान्छे हुन् । अझ यस विषयमा बुझ्न त गणित ज्योतिषको ज्ञान हुनु आवश्यक छ ।

 

सबै ज्योतिष एउटै होइन र ?

 

होइन, ज्योतिष दुई किसिमका छन्- गणित ज्योतिष र फलित ज्योतिष ।

 

यी दुईमा के फरक छ ?

 

गणित ज्योतिषले गणनाको काम गर्छ । जस्तो- ग्रहण कहिले हुन्छ ? कुन ग्रह कहिले उदाउँछ, अस्ताउँछ आदि । फलित ज्योतिषीलाई पात्रो गणना गर्ने र्फमुला आदि दिने काम गर्छ भने फलित ज्योतिषले फलादेश गर्ने गर्छ । यसलाई र्फमुला कसरी बन्छ, कुन तारा हो, कुन ग्रह हो आदि केही थाहा हुँदैन ।

 

देशभरिका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् नि ?

 

नेपालका ज्योतिषी संस्थाहरूले विरोध गरेका छन् ।

 

किन विरोध गरेका हुन् ?

 

नेपालमा जति पनि ज्योतिषी संस्थाहरू छन्, ती सबै फलित ज्योतिषसँग सम्बन्धित छन् । गणना पद्धति नयाँ आउँछ । फलित ज्योतिषीहरू यो सुधार भयो भने आफूले गर्दै आएको ज्योतिष पेसामा कसरी परिवर्तन गर्ने भन्ने भएर विरोध गरेका हुन् । उनीहरू यो परिवर्तन गरेपछि आफ्नो फलादेशमा नमिल्ने हुन्छ कि डरले यसको विरोधमा लागेका छन् । जुन कुरा सत्य होइन । परिवर्तनपश्चात् उनीहरूको फलादेश अझ सूक्ष्म हुन जान्छ र अझ धेरै मिल्ने हुन्छ ।

 

त्यसो हो भने किन विरोध गरेका हुन् त ?

 

एक, नबुझेर । अर्को, उनीहरूसँग चिना-टिपन बनाउने सफ्टवेयर छ, जसमा परिवर्तन गरेपछि कसरी गर्ने भन्ने डरले विरोध गरेका हुन् ।

 

मिलाउने नाममा एक महिना नै लोप गर्न खोज्नुभएको छ ? कसरी ?

 

होइन कुनै पनि महिना लोप हुने होइन, यसलाई एउटा उदाहरणबाट बुझौं, जस्तो एक जना मानिसको घडी एक घन्टा ढिलो चलिरहेको छ । कुनै दिन उसलाई थाहा भयो कि घडी ढिलो छ । त्यस दिन उसले त्यो घडीलाई ठीक बनाउँदा त्यस मानिसका लागि त्यो दिन २३ घन्टाको दिनरात हुन्छ कि २४ घन्टाको दिनरात हुन्छ । वास्तवमा २४ घन्टाकै दिनरात हुन्छ । तर त्यस मानिसका लागि त त्यस घडीमा २३ घन्टाको दिनरात भयो नि हो यस्तै हो हामीले बुझ्दा एक महिना लोप भएजस्तो भए पनि वास्तवमा लोप हुनै सक्दैन र हुँदैन ।

 

तपाईंहरू अधिकमासलाई साधारण महिना मान्ने भन्नुहुन्छ । के यो शास्त्रसम्मत छ ?

 

हो, यस तरिकामा पहिलो वर्ष अधिकमासलाई साधारण मास मान्ने भनिएको छ र यो शास्त्रसम्मत नै हो । पहिले पनि अधिकमासलाई साधारण महिनासरह मानिएका उदाहरण शास्त्रमा नै भेटिन्छन् ।

 

पहिले-पहिले मिलाएको इतिहास भेटिन्छ ?

 

भेटिन्छ । भारत वर्षका विद्वान् आर्यभट्ट, बराहमिहिरले यसको ज्ञान गरी मिलाएको उदाहरण छ ।

 

विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ रे ?

 

यसको म पनि विरोधी हुँ । विक्रम संवत् नै लागू हुनुपर्छ । तर यसलाई सुधार्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

 

‘२०७२ साल ११ महिने हुन दिन्नौं’

 

प्रा.डा.माधव भट्टराई,तत्कालीन अध्यक्ष, पञ्चाङ्ग निर्णायक समिति

 

पर्व सुधार कार्यदलको प्रतिवेदनप्रति सहमत हुनुहुन्छ ?

 

छैन । यसले धार्मिक, सांस्कृतिक परम्परालाई खलल पार्छ ।

 

खगोलशास्त्रीहरूले विक्रम संवत् २४ दिनअघि पुगिसक्यो भनेका छन्, सुधार्नुपर्ने बेला त भयो नि ?

 

त्यो त हाम्रो पुर्खालाई पनि थाहा भएको कुरा हो । म पनि स्विकार्छु । तर एक दिन समय फर्केर ठीक टाइममा आउँछ । पेन्डुलमजस्तो आफैं ठीक ठाउँमा आउँछ । तर धार्मिक निर्णय हुनुपर्छ । यो विषयमा धर्मसिन्धु लगायतका धार्मिक पुस्तकमा हजार वर्षअघि लेखिएको छ ।

 

किन विरोध भयो ?

 

विक्रम संवत् हटाई इस्वी संवत् लगाउन खोजिँदै छ, त्यसैले विरोध भएको हो । विक्रम संवत् निश्चित समुदायको मात्र होइन, यो सबै जातजातिको संवत् हो । थारू समुदायले माघी मनाउने होस् वा गुरुङको ल्होसार यसै संवत्मा आधारित छ । अर्को कुरा, यसको नेतृत्व गर्नेहरू गैर-खगोलशास्त्री पनि भए । त्यस्तै, सरकारको काम पर्व सुधार्ने होइन । यो काम धर्मगुरुहरूको जिम्मा छाडिनुपर्छ । सरकारले विकास गर्ने हो । पञ्चाङ्ग निणर्ायकसँग समानान्तर हुने कमिटी बनाउने होइन ।

 

आगामी २०७२ सालमा मलमास छ । त्यो वर्ष ११ महिनाको बनाउने हल्ला छ नि ?

 

म हुन दिन्न । म रहुँला वा नरहुँला । मलाई मान्नेहरूले पनि त्यो लागू गर्न दिने छैनन् ।


Rss_feed

0