Shopping Cart
Your Cart is Empty
Quantity:
Subtotal
Taxes
Shipping
Total
There was an error with PayPalClick here to try again
CelebrateThank you for your business!You should be receiving an order confirmation from Paypal shortly.Exit Shopping Cart

BLOG

RAMECHHAP MA VISHAN BAADILE MRITTU

Posted by libhura on August 13, 2013 at 5:10 PM

भिषण वर्षापछि रामेछापमा एकै परिवारका तीनसहित सातको मृत्यु, एक जना अझै बेपत्ता

Ramechhap flood landslideरामेछाप, २९ साउन । (अपडेट) भिषण वर्षापछि आएको बाढी पहिरोले रामेछापको खिम्तीबेसी बस्ती बगाउँदा मृत्यु हुनेको संख्या सात पुगेको छ भने एक जना बेपत्ता रहेका छन् । सोमबार राति ९ बजेदेखि भएको मुसलधारे वर्षापछि आएको बाढीपहिरोमा परी एकै परिवारका तीनसहित सातको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक, विमलराज कँडेलका अनुसार मृत्यु हुनेमा खिम्ती– २ का ५५ वर्षीय भीमबहादर तामाङ, उनकी ४५ वर्षीया श्रीमती बाटुलीमायाँ तामाङ, उनकै ७५ वर्षीया आमा बुधुमाया तामाङ, खिम्ती– ३ की १३ वर्षीय सीता सुनवार, खिम्ती– ४ की २२ वर्षीया स्वस्थानी थापा, ५५ वर्षीया मिठु थापा र १३ वर्षीय केदार थापा रहेका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Click Here For Videohttp://www.canadanepalvid.com/2013/08/news-7-killed-in-ramechhap-flood.html


भीमबहादुरका छोरा १२ वर्षीय ढल्के तामाङ भने अझै बेपत्ता रहेका छन् । सातको परिवारमध्ये तीनको मृत्यु, एक जना बेपत्ता र तीन जना गम्भीर घाइते भएका हुन् । रस्नालु स्थायी घर भएका उनीहरु खिम्तीमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ, हेमबहादुर तामाङलगायतको देवीटारस्थित अस्पताल र फुलासिस्थित कृतिका डग हाउस अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा समेत पहिरोले क्षति पुर्याएका कारण उनीहरुको बाहिर सडकमा राखेर उपचार भइरहेको स्थानीयले बताएका छन् ।

स्थानीय खानी खोलामा आएको बाढीका कारण घटनाको जानकारी लगत्तै सदरमुकाम मन्थलीबाट हिँडेको नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय प्रशासनको उद्धार टोली बिहान ७ बजेपछि मात्रै घटनास्थल पुगेको थियो ।

खिम्तीखोलामा आएको पहिरो पुलमा गएर रोकिएपछि बाढी खिम्तीबेसी बजार मोडिएको थियो । पुल बगाएका कारण थप क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ । बाढीले खिम्ती २, ३ र ४ का ६ वटा पक्कीसहित ६ वटा घर बगाएको छ भने डेढ दर्जनभन्दा बढी परिवारमा क्षति पुगेको छ ।

खिम्तीको पक्की पुलसमेत बगाएपछि आवतजावत बिच्छेद भएको छ भने मन्थली–काठमाडौं सडक पनि अवरुद्ध भएको छ । बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनाका लागि आजै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने भएको छ ।

Categories: None

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

1 Comment

Reply bafatteks
8:18 PM on March 18, 2021 
http://vskamagrav.com/ - kamagra zel
0